४ पुस २०८२, शुक्रबार | December 19, 2025

सैनामैना कोरा २०२२ तयारी पुरा, विश्व साईकलयात्री पुस्कर शाह सहभागी हुदै



बुटवल । साउन ११ गते बुधबार हुने सैनामैना कोरा २०२२ को तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गरि आयोजक साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए ।

स्वस्थ्य पर्यटन प्रवद्घनका लागि साईकल भन्ने नारासहित धार्मिक स्थलहरुको पहिचान र प्रचारप्रसारका साथै साईकिलेहरुबिच एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको कोरा मनाइदै आएको उनले बताए । यो वर्षको कोरा साईक्लिङसंगै स्वर्गीय यमलाल रसाइलीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने उनले बताए ।

दोस्रो संस्करणमा आईपुग्दा धेरै सिकाई भएको उनले बताए । ‘कार्यक्रमको दर्ता शुल्कवापतको रकम स्वर्गिय रसाइलीको परिवारलाई हस्तान्तरण गर्ने छौ ।’– उनले भने । करीब ४ लाख ५० हजार खर्च हुने अनुमान रहेको कोराको मुख्य प्रायोजक सैनामैना नगरपालिका रहेको छ । उसैगरि नगरपालिकाभित्र रहेका अन्य सामाजिक संघसंस्थाहरुको सहयोग रहेको उनले बताए । सैनामैनाका पवित्र धार्मिक स्थल, रिङरोड, निर्माणधिन रंगशाला लगायतका स्थलहरु लगायत गरि ५४ किलोमिटर भन्दा बढी दुरी परिक्रममा गरिने उनले बताए ।

कार्यक्रममा विश्व साईकलयात्री पुष्कर शाहले साईकल मनोरन्जनसंग पर्यावरण बचाउने एउटा महत्वपुर्ण अभियान भएको बताए । सामान्य अर्थमा कोरा भनेको घुम्ने जनाउने भन्दै उनले साईकलबाट प्राकृतिक, धार्मिक सम्पदा पहिचान र प्रवद्घन गर्ने रुपमा लिनुपर्ने उनले बताए । ‘यसबाट आन्तरिक पर्यटन प्रवद्र्घन हुन्छ ।’– उनले भने । पछिल्लोसमय ३ वर्षअघि ३ हजार बढि सहभागी ठूलो साईकलेहरु सहभागी भएको कोरा गरिएको उनले बताए । विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए ।

यो वर्ष कोरामा रुपन्देहीसहित नवलपरासी, कपिलबस्तु जिल्ला साईक्लिङ संघ र क्लबहरुको एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीले बताए । मुर्गिया स्थित लुम्बिनी गेटबाट समुद्घाटन गरिने उनले बताए । कार्यक्रममा ६ वर्षदेखि ८४ वर्षसम्मका साईकिलेहरु सहभागी हुने उनले बताए ।

कार्यक्रमका स्वस्थ्य संयोजक निकोलस भुषालले स्वस्थ्यका हिसाबबाट पनि साईकल चलाउने उपयोगी हुने बताए । मुटु, मासपेशी, भन्दै दैनिकी परिवर्तन गर्न जरुरी रहेको बताए। स्वस्थ्य र साईकल सिटि सैनामैना बनाउन पनि उपयोगी हुने बताए । हुनेखाने र पहुचवालालाई लक्षित सवारीका पुर्वाधार बनेको भएपनि सबैभन्दा धेरै सवारीका रुपमा दैनिक जिवनमा प्रयोग हुने साईकललाई लक्षित गरि लेन नबन्नु दुखद भएको बताए ।

सैनामैनाको रानीकुवा, परोर्हा बोलबम धाम, क्रिकेट रंगशाला, सिमसार क्षेत्र, मलमला, भैरव मन्दिर, लामिरह हुँदै बाबरी पार्टी पेलेसमा समापन गरिने उनले बताए । समापनको क्रममा थारु, नेवा संस्कृतिका नाचहरु समेत देखाईने उनले बताए । कार्यक्रममा सचिव विष्णु गौतम, कुशल पौडेलले सबैको साथ र सहयोगमा कार्यक्रम सफल हुने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा