५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लूबीच भेटवार्ता भएको हो ।

सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : २२ बजे

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।