२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरे ।

रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चेयरमेन नोमिनी घिमिरेलाई प्रदान गरेका थिए ।

बैठकमा रोटरियन डा. सतिस रुपाखेतीले बालबालिकामा अटिजमको समस्या बढदो क्रममा रहेको भन्दै यसमा सहकार्यको आवश्यक रहेको बताए । उनले भोलीका दिनमा जनसंख्याको एक प्रतिसत अटिजमको सिकार हुन सक्ने भन्दै त्यसो भएमा अर्को एक प्रतिसत हेरचाहको लागि पछि लाग्नुपर्ने अवस्था आउने उल्लेख गरे ।

क्लबले भदौको पहिलो सनिवार तिज कार्यक्रम गर्ने भएको छ । त्यसको संयोजकमा पब्लीक रिलेसन चेयर किशोरकुमार विकलाई तोकिएको छ । बैठकमा क्लबका सहसचिव अर्जुनप्रसाद आचार्यले अघिल्ला बैठकको निर्णय सुनाएका थिए । कोषाध्यक्ष टीकाराम पाण्डेले आर्थिक अवस्थाका बारेमा प्रकाश पारेका थिए । वैठकमा क्लबका पूर्व अध्यक्ष ओमप्रसाद अर्याल, प्रेसिडेन्ट नोमिनी दिपक भटराई, भाइस प्रेसिडेन्ट निराजन पोखरेल, प्रपोजल मेम्बर लगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : २४ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष