२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ए डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रोपटक स्थगित



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको ए डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो । तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत गराएको हो ।

एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक स्थगित भएको न्युज कारखानालाई बताए । ‘आजलाई तय बैठक स्थगित भएको छ,’ राईले भने । राईले आफू अस्वस्थ भएका कारण बैठक स्थगित भएको जनाएका छन् ।

यसअघि एन्फाले गत शुक्रबारलाई बैठक बोलाएको थियो । तर, सो बैठकसमेत स्थगित भएको थियो । ‘लगातार दुई पटक बैठक बोलाउनु भयो । तर, दुबै स्थगित भनेका छन् । कार्यसमितिको झैँ लिगको समेत दुई पटक स्थगित भइसकेको छ । के गरेका हुन् थाहा छैन ?,’ सहिद स्मारक लिग क्लबका एक प्रतिनिधि न्युज कारखानासँग भन्छन् ।

पंकजविक्रम नेम्बाङ ६ असारमा एन्फाको अध्यक्षमा निर्वाचित भएयता एन्फाको वैधानिक बैठक बस्न सकेको छैन । यसअघि दुई पटक कार्यसमिति बैठक बोलाए पनि बस्न सकेन । २ साउनमा बोलाइएको पहिलो बैकठमा अध्यक्ष नेम्बाङ एक्कासि अवस्थ भएपछि बैठक स्थगित गरिएको थियो ।

साउन ४ मा बसेको दोस्रो बैठक समेत एजेन्डामा प्रवेश नगरी स्थगित भयो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : २९ बजे

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको