२४ बैशाख २०८१, सोमबार | May 6, 2024

शिवम् सिमेन्टले गर्यो बीमा बापतको रकम हस्तान्तरण



काठमाडौ । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ ।

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसंग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो ।

यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।
यस अघि दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लि. ले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्र संचालन गरेको थियो ।

सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुले हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुका निर्माणकर्मी हरुको रु ५ लाख बरबबरको जोखिम बीमा गराएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ५६ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक