२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री शर्माले भने – आत्मनिर्भर र उत्पादनमुखी बजेट कार्यान्वयन गर्छु



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुनः अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् ।

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेपछि शर्माले अर्थमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

करको दर हेरफेरमा विवादित बनेपछि गत असार २२ गते राजीनामा दिएका शर्मा संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसअघि अर्थमन्त्रालयका कर्मचारीहरुले शर्मालाई मन्त्रालयमा स्वागत गरेका थिए । कार्यभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएका कमीकमजोरीलार्ई समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने बताए । उनले आफुले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणमा लागि पर्ने प्रतिवद्धता पनि जनाए

मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा काम गर्ने जनाए । बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४५ बजे

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।