२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

साफ यू-२० : माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो



काठमाडौं । आयोजक भारत साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साँझ सम्पन्न दिनको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्सलाई १-० गोलले हराउँदै भारत उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारत गोल गर्न सफल रह्यो ।

उसका लागि फरवार्ड गुर्किरत सिंहले खेलको ९०औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका डिफेन्सले क्लियर गर्न नसकेको बललाई टप कर्नरमा प्रहार गरेका थिए ।

खेलको इन्ज्युरी समयमा भारत १० खेलाडीमा समेटियो । पार्थिवसुन्दर गोगोइले थ्रो इन गर्न ढिलाइ गरेपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । त्यसपछि खेल सुरु भए पनि रेफ्रीविरुद्ध बहस गरेपछि उनलाई सिधै रातो कार्ड दिएका थिए ।

लिग चरणको अन्त्यमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनायो ।

यता, नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रह्यो । अब शुक्रबार हुने फाइनलमा बंगलादेश र भारत खेल्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ०२ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात