२ पुस २०८२, बुधबार | December 18, 2025

दलित सांसदको नेतृत्वमा संसदीय छानबिन गर : प्रमुख विपक्षी कांग्रेस



रुकुम । रुकुम पश्चिममा भएको हत्याको घटनालाई लिएर प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले कडा कदम चाल्ने चेतावनी दिएको छ । कांग्रेसले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समिति बनाउनु पर्ने र त्यस्तो समितिमा दलित सांसद कै नेतृत्व हुनुपर्ने माग गरेको छ । नेपाली कांग्रेसले रुकुम घटनाको छानवीनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन गर्न माग गर्नुभयो । उहाँले तत्काल छानवीन समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो ।

आजको प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै बिपक्षि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । बिपक्षिको बिरोध पछि सभामुख अग्नी सापकोटाले कांग्रेस सांसद मानबहादुर बिश्वकर्मालाई बोल्ने समय दिनुभएको थियो ।

सांसद विश्वकर्माले आफ्नो धारणा राख्दै रुकुम पश्चिम घटना गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानबिन समिति बनाएको भन्दै त्यस्ता समितिले न्याय दिन नसक्ने बताउनुभयो । उहांले हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि आफुले पाएको जानकारी दिनुभयो ।

‘‘गृह मन्त्रीले तिनिहरु हामफाले भन्नुभएको छ । पोस्टमार्टमा गर्दा ति मृतकका पेटबाट पानी आएको छैन् । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नआउनुको कारण तिनिहरुलाई मारेर फालिएको प्रष्ट हुन्छ सांसद बिश्वकर्माले भन्नुभयो ।

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिका लिन गएका १९ युवा मध्य जाजरकोटका प्रेमी नवराव विक सहित ४ जनाको शव फेला परिसकेको छ भने १ जना अझै बेपत्ता छन् ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  २ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल