२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

रुकुम नरसंहार : मुख र टाउकोमा कपडाले बाँधेको अवस्थामा बेपत्ता शाहीको शव फेला



जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

बेपत्ता भएको १० दिनपछि भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो । बेपत्ताको शव घटनास्थलभन्दा करिब २० मिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताउनुभयो । उहाका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ ।

स्थानीयले उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ०२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद