३२ असार २०८३, बिहिबार | July 17, 2026

रुकुम घटनाबारे अध्ययन गर्न गएको टोली फर्कियो



बुटवल । पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधिकार तथा पत्रकारहरुको टोलीले स्थलगत अध्ययन अनुगमन गरेर बुटवल फर्केको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली गत शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुमगमा गएको थियो ।

घटनाको वास्तविकता र पिडितहरुको अवस्थाबारे मृत्यू भएको जाजरकोट भेरी रानागाउँ, मटेला, घटना स्थल चौरजहारी सोतीगाउँ र प्रहरी प्रशासन तथा अन्य सरोकारवालाहरुसँग जानकारी लिने काम भएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले बताउनुभयो ।

पिडित परिवारले न्यायका लागि थालेका कानुनी प्रक्रिया, प्रहरी र प्रशासनले घटनाका सम्बन्धमा गरेका कामसँगै घटनाको वास्तविकताबारे प्रत्यक्षदर्शी र स्थानीयहरुसँग समेत कुराकानी गरेर टोली मंगलबार बुटवल फर्केको खनालले बताउनुभयो ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन केहि दिनमै सार्वजनिक गर्ने संविधानसभा सदस्य अधिकारकर्मी विनोद पहाडीले जानकारी दिनुभयो । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुलाई जिम्मेवार र पिडितलाई न्याय दिलाउन अध्ययनले थप मद्धत पुर्याउने बरिष्ठ पत्रकार राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले बताउनुभयो ।

उक्त अध्ययन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल र विनोद परियारको सहभागिता थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ४२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना