३० बैशाख २०८१, आइतबार | May 12, 2024

एडीबीको सहकार्यमा ६ स्थानीय तहमा योजना सञ्चालनका लागि छलफल



भैरहवा । रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा एसियाली विकास बैंकको सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ ।

बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम सहरी करिडोर (६ वटा स्थानीय) अन्तर्गतका नगरका प्रमुख र एडीबी प्रतिनिधिबीच छलफल भएको हो । पश्चिम करिडोरअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम नवलपरासीको रामग्राम गरी ६ वटा नगरपालिकामा विकासका ठूला योजना सञ्चालनका छलफल गरिएको हो ।

पश्चिम करिडोरका स्थानीय तहहरूमा विकासका योजना सञ्चालनका लागि भएको छलफल सकारात्मक रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । ‘विकासका लागि एडीबीसँग भएको छलफल सकारात्मक रह्यो’,  तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भने, ‘छिट्टै नै स्थानीय तहमा पूर्वाधार विकासका योजना सञ्चालन हुनेछन् ।’ छलफलको क्रममा एडीबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्न सक्ने योजनालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानले एडीबीको सहकार्यमा तहहरुमा सञ्चालन हुने योजनाले नगरका विकासमा थप टेवा पुग्ने बताए । उनले समयमै योजना सम्पन्न गर्न तहका कर्मचारीहरूको मुख्य भूमिका रहने भएकाले सबै स्थानीय तहका कर्मचारीले आफ्नै नगरको रूपमा काम गरेर मुलुकमा नमुना नगरहरूको रूपमा स्थापति गर्न आग्रह गरे ।

तहका प्रमुखहरूले एडीबीको सहकार्यमा सञ्चालन हुने योजना समयै सम्पन्न गर्न प्रतिबद्धता जनाए । छलफलमा एडिबीले तहहरूले आ-आफ्नो क्षेत्रमा सञ्चालन गर्नसकिने विकासका योजनाहरू तीन महिनाभित्र डिपिआर तयार गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : ३३ बजे

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट