२२ बैशाख २०८१, शनिबार | May 4, 2024

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, यस्तो छ भ्रमण तालिका



टोकियो । पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन ।

साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमान स्थलमा आइपुगेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहित चार सदस्यीय भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा स्वागत गर्नेहरुमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मंचका पदाधिकारीहरू, मंचका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सर्वसाधारण नेपालीहरू रहेका थिए ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्डले जापानमा आयोजितविभिन्न कार्यक्रममा सहभागी बन्नेछन ।

हालसम्म सार्वजनिक भएका कार्यक्रम मध्य शनिबार नै जापानको फुकुओकामा आयोजित नेपाल फेष्टिवल फुकुओकाको उदघाटन गर्ने छन ।

त्यसैगरि अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन भने सोही दिन नै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच ‘समृद्ध नेपालकोआधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन ।

जापानमा रहदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ। आधुनिक कृषि प्रणालीको विकासको बारेमा समेत फिल्ड़मा नै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताईएको छ।

प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने प्रचण्डको नेपालस्थित सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०८ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि