२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टुर्नामेन्टको उपाधि



काठमाडौ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो ।

उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रवार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ ।
टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते ।

कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शनप्रति गर्व छ । साथै टोर्नामेन्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’
हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’ कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने ।

दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो ।

सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने,‘यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ ।
टोर्नामेन्ट सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामी वर्ष योभन्दा ठुलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौँ ।’

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : २७ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०