२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा महिलालाई सास्ति दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नोम ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएको प्रहरीले जनाएको छ । त्यसपछि उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको प्रहरीको आरोप छ ।

त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएर बेइज्जत गरिदिन्छु भन्दै बाध्य पारी पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाएको प्रहरीको आरोप छ ।

त्यसपछि ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दुस्ख हैरानी दिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : ५४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन