१६ बैशाख २०८३, बुधबार | April 29, 2026

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई



काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।

कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग ९एनएसएल०का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै, डंगोल ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् ।

एन्फाको २६ साउनको बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा भएका बेला बैठकले हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि अब्दुल्लाहसँग किरण श्रेष्ठले सहायक प्रशिक्षक तथा विकास मल्लले गोलकिपर प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा छन् । त्यसयता उनले २६ खेलाडीलाई बंगलादेशबिरुद्द प्रशिक्षणका लागि बोलाउन एन्फा सचिवालयलाई अनुरोध गरेका थिए ।

तर, एन्फाले विवादमा तानिएका प्रशिक्षक अब्दुल्लाहको विकल्प खोजेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०५ बजे

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका