२२ बैशाख २०८१, शनिबार | May 4, 2024

ओहो ! दिनदिनै बढ्दैछ कोरोना संक्रमण, २४ घण्टामा २८८ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ संक्रमित बढेका छन् । जसमध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पोखरास्थित गगण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्वत र स्याङ्जाका १० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भेरी अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया र बाँकेका २० जना, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, दैलेख, सल्यान र अछामका ६४ जनामा संक्रमण पुष्टि भएकोछ ।

यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बारका १ जनामा संक्रमण देखिएको छ भने राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङकै १७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका १८ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिराहा, भक्तपुर, धादिङ, कपिलवस्तु, काठमाडौं मडिकल कलेजका स्वास्थ्यकर्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट र रुपन्देहीका रहेका छन् ।

हालसम्म देशभर २ हजार ९९ जना पुगेका छन् । जसमध्ये १ हजार ९४९ पुरुष र १५० जना महिला रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : ३२ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन