४ चैत्र २०८२, बुधबार | March 18, 2026

नवौं राष्ट्रिय खेलकूदको कार्यतालिका यस्तो छ



पोखरा । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश खेलकूद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकूद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो ।

नवौँ राष्ट्रिय खेलकूदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिने छ भने २२ खेलको जिल्ला छनोट हुनेछ ।

परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४ खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो-खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन् ।

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘ब्राण्डिङ’ गरी अघि बढाइने परिषद्ले जनाएको छ ।

आगामी भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउने छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ ।

गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ७ : २२ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको