६ भदौ २०८३, शनिबार | August 22, 2026

कार्यव्यवस्था परामर्श समिति बैठक : नागरिकता विधेयक परिमार्जन गर्नुपर्ने एमालेको माग



काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ ।

तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ११ : २४ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र