९ मंसिर २०८३, बुधबार | November 25, 2026

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने



चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।

गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने, “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।”

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उनले भने, “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।”

मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए ।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ३१ बजे

Your email address will not be published.

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर

हिमताल जोखिमबाट जोगाउन ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’

काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी

नेप्से ८.७० अंकले बढ्दा ६ अर्ब १५ करोडको कारोबार

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली

निर्वाचन आयोगद्वारा कांग्रेस महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएको