२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सिंजा विरासत झल्काउन ‘सिंजा हाट’



जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न १ भदौदेखि हाट बजार चलाएको छ । यस्तो बजार हरेक महिनाको १ गते लगाउने गाउँपालिकाको तयारी छ ।

१८४६ सालभन्दा अघि सिंजा राज्यका निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ ‘हाट’ बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो ।

पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रुपमा सबल पार्न अहिले पनि हाटको महत्व देखिर सुरु गरेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘हाट कै कारण १२औं शताब्दीदेखि १४औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिक रुपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ बजार आजको प्रमुख व्यापारिक केन्द्र जस्तैं हो ।’

धितालका अनुसार सिंजा साम्राज्य कुनै वेला कृष्टि उत्पादनमा बलियो मात्रै थिएन उत्तर र दक्षिणको बजारको केन्द्र पनि थियो । उनले अब स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुरु गरिएको बताए ।

उपाध्यक्ष सितली रोकायाले हाटबजारमा सिंजामै बनेका राडीपाखी, तरकारी, मार्सीचामल, स्याउ, सिमी आउन थालेको बताइन् । उनले सिंजाले हाट बजार सुरू गरेपछि आर्थिक विषय मात्रै नभई साँस्कृति र पुरानो सभ्यतासम्बन्धी खोजबिन पनि सुरु भएको छ ।

गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा ‘हाट’ राखिएको छ । उनका अनुसार स्थानीय कलाकारले नेपाली पोसाकमा दिनभर देउडा, चुट्किला भनेर मनोरञ्जन दिने लिने गर्छन ।

स्थानीय मनतिज बुढाले हाटबजारले सिंजामा पुरानो झल्को दिएको बताए । उनले भने, ‘अहिले सुरुवाती चरणमै भएका केही व्यवस्थित बनाउने काम भइरहेको छ ।’
स्थानीय उत्पादन बजारमा बिक्री गर्न ल्याएका सिंजा गाउँपालिका–३ की रेशा रानाले हाट बजार सुुरु भएपछि नागरिकलाई कही राहत भएको बताइन ।

स्थानीय भेँडाको ऊनबाट उत्पादित लिउ र पाखी लिएर बजार आएका धनपति वुढाले हाटबजारले स्थानीय उत्पादनको बजारीकरण भइरहेको बताए । उनले भने, ‘केही मिठो सामग्री वा राम्रो वस्तु लिनुपरे ‘हाट’ मै जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दुर दराजका बस्तीहरूमा कायमै छ ।’

जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले कब्जा गरेको २३३ वर्षपछि ‘हाट’ बजार पुनःस्थापना गरेको गाउँपालिकाको भनाइ छ । यो एउटा एतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ । हाटबजारमा सामान हेर्न तथा देउडा खेल्न जिल्ला बाहिरबाट समेत आउन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ४ : ४४ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०