९ श्रावण २०८३, शनिबार | July 26, 2026

बुटवलमा उद्योगीहरुले आफै खोले रोजगार केन्द्र



बुटवल । राज्यले दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर रोक्ने रणनीति बनाउन असफल भएपछि रुपन्देहीका उद्योगीहरुले आफ्नो उद्योगका लागि जनशक्ति आपुर्ति गर्न आफै रोजगार केन्द्र खोलेका छन् । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार एक कार्यक्रमकावीच शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले रिवन काटी कम्प्यूटरमा वेभ साइट क्लिक गरेर उद्घाटन गरे ।

सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वागत गर्दै देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि रुपन्देही उद्योग संघले पुलको रुपमा कामको सुरुवात गरेको बताए । उनले रोजगार केन्द्रबाट शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पौडेलले जनशक्तिहरु केन्द्रमा सूचिकृत गर्ने र आवश्यकता अनुसार परिचालन गर्दै शिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी पनि दिए ।

कार्यक्रमलाई समबोधन गर्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले दक्ष र शिक्षित जनशक्ति युरोप, अस्ट्रेलिया, कोरिया र जापानमा जाने गरेको र अर्धदक्षहरु खाडी मुलुक जाने गरेको बताए । उनले सरकारले गर्नुपर्ने काम नीजी क्षेत्रबाट भएको उल्लेख गर्दै प्रदेश सरकारले उद्योगसंघबाट सिकेर नयाँ योजना बनाउने बताए । उनले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए । नीजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उनले उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरिन् । उनले बुटवल उपमहानगरपालिकाले रुपन्देही उद्योग संघसँग सधै सहकार्य गरेर उद्योगी व्यवसायीहरुका समस्याहरुका विषयमा आपसी समझदारीका रुपमा काम गर्ने प्रतिवद्धता पनी व्यक्त गरिन् ।

संघमा स्थापना गरिएको रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्पmत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ७ : ४६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको