१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कर्णाली प्रदेशको पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड



सुर्खेत । पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिक १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाक लगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहरूको पारिश्रमिक भन्दा कर्मचारीको पारिश्रमिकमा बढी रकम खर्च हुने गरेको छ । गत आवमा कर्मचारीको पारिश्रमिकमा मात्रै १ अर्ब १ करोड ७ लाख ९० हजार ३६२ रुपैयाँ सकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार अहिले आठवटा मन्त्रालय, प्रदेशसभा सचिवालय र मातहतका कार्यालयमा गरी १ हजार ७२२ जना कर्मचारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा २ हजार ८६२ कर्मचारीको दरबन्दी छ । तर दरबन्दीभन्दा न्यून कर्मचारी कार्यरत छन् ।

यस्तै, समीक्षा अवधिमा प्रदेश सरकारका पदाधिकारीहरूको पारिश्रमिकमा ४ करोड ६ लाख ७१ हजार ६६० रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री, ७ वटा मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, योजना आयोगका पदाधिकारीहरूको पारिश्रमिकमा उक्त रकम खर्च भएको हो ।

पदाधिकारीको बैठक भत्तामा मात्रै एक वर्षमा १३ लाख २३ हजार ५०० भन्दा बढी रकम सकिएको छ भने पदाधिकारीको अन्य सुविधामा १ करोड ८७ लाख ५५ लाख १२० र अन्य भत्तामा २१ लाख ५५ हजार ८९९ रुपैयाँ खर्च भएको छ ।

पदाधिकारीको सुविधा अन्तर्गत मुख्यमन्त्रीले अतिथि सत्कार स्वरुप मात्रै २० हजार, मन्त्रीले १५ हजार पाउने गरेका छन् । विदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर र मन्त्रीहरुले २ सय अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ ।

यस्तै सभामुखले अब ३५ सय सञ्चार खर्च पाउँछन् भने विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेशसभा सदस्यले तीन हजारका दरले मासिक सुविधा पाउने छन् ।

लेखा नियन्त्रक मानबहादुर बमका अनुसार गत एक वर्षमा पोसाकमा मात्र २ करोड ४० लाख ९१ हजार ६०० रुपैयाँ खर्च भएको छ । उनका अनुसार प्रति कर्मचारीले वर्षमा १० हजार पोशाकका लागि रकम पाउँछन् । यस्तै स्थानीय भत्ता बापत ७ करोड ४९ लाख ४३ हजार १०२ रकम खर्च भएको छ भने महँगी भत्ता बापत ४ करोड ९ लाख २१ हजार ६५० रुपैयाँ सकिएको छ ।

एक वर्षमा कर्मचारीको बैठक भत्तामै ८२ लाख ३८ हजार ७७२ रुपैयाँ सकिएको छ भने कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा १५ करोड २० लाख ६९ हजार ७१४ र अन्य भत्तामा ४ करोड १४ लाख २२ हजार १८४ रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १२ : ११ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’