८ बैशाख २०८३, मंगलबार | April 21, 2026

शंकरनगरमा डाईबेटिज, मृगौला र उच्च रक्तचापको नि-शुल्क स्वास्थ्य परिक्षण शिबिर शुरु



बुटवल । स्वास्थ्य शरीर स्वस्थ्य परिवार स्वास्थ्य समाज नारासहित स्थापना भएको जनकलाल हेल्थ फाउन्डेसनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य परिक्षण शुरु गरेको छ । केन डाईबेटिज एण्ड थाईरोईड सेन्टरको प्राविधिक सहयोगमा जनकलाल हेल्थ फाउन्डेसन र झिगु नेवाः पुच शंकरनगरको सहयोगमा मृगौला, मधुमेह र उच्च रक्तचाप सम्बन्धि निशुल्क रक्त परिक्षण कार्यक्रम शुरु भएको हो ।

शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै केन सेन्टर शंकरनगरका चेयरमेन तथा मधुमेह रोग परामर्श, ब्यवस्थापक दिनेश कक्षपतिले खानपिन, ब्यायाम र तनावपूर्ण अवस्था रोगको मुख्य कारण भएको भन्दै यसको ब्यवस्थापन गर्न सुझाव दिए। रोगको सहि पहिचान हुन नसक्दा बिरामीहरु समस्यामा रहेको भन्दै उनले गुणस्तरीय परिक्षण केनको मुख्य लक्ष्य रहेको उनले बताए। उनले विश्वमा नसर्ने रोगको बिरामीहरुको संख्या बढि रहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने पनि बताए।

केनमार्फत कक्षपतिले नेपालमा २० वर्षदेखि मधुमेह र १६ वर्षदेखि मृगौला सम्बन्धि काम गर्दै आएका छन् ।

केन सेन्टर शंकरनगर परिसरमा भएको कार्यक्रमको नेवाः दय देबुका रुपन्देही जिल्ला अध्यक्ष रुद्रलाल श्रेष्ठले उद्घाटन गर्दै जनकलालबाट भएको सामाजिक कार्यको स्मरण गरे। पहाडबाट बसाइ सरेर शंकरनगरमा आएका जनकलाल कक्षपतिबाट समुदायमा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको उनले बताए।

कार्यक्रममा झिगु नेवा पुच, तिलोत्तमा नगरपालिकाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले रोगको परिक्षण पहिलो चरण भएको भन्दै यसपछि ध्यान दिनसके रोगलाई नियन्त्रण गर्न सकिने बताए।

सोमबार र मंगरबार २ दिन चल्ने निशुल्क शिबिरमा आज मात्र ५० जनाको परिक्षण गरिएको कक्षपतिले जानकारी दिए ।

केन सेण्टरमा हरेक महिनाको २ पटक (४दिन) मधुमेह, थाईरोईड र हर्मोन विशेषज्ञ डा. जस्मिन तुलाधर र डा. नरेश पराजुलीबाट परिक्षण हुँदै आएको छ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ११ : १३ बजे

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

तेहरान । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य सोमबारको तुलनमा बढेको छ ।

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग