२० मंसिर २०८२, शनिबार | December 6, 2025

लमजुङका पर्यटकीय गाउँहरू सुनसान



लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

घलेगाउसगै भुजुङ, काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय