१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन



तेह्रथुम । छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बूको घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चको जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएको छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्याउँदा पनि बिक्री नभएको उनले बताइन् ।

बंगुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएकी छिन । उनी भन्छिन्, ‘यसपालि एउटा माउले १० वटा पाठापाठी पाएको थियो । ३०-३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो । तर, बिक्री नै भएनन् ।’ अघिल्लो सिजनमा चार हजारमा बिक्री भएका पाठापाठी यसपटक १५ सयमा पनि बिक्री नभएको उनको दुखेसो छ ।

उनी जस्तै लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्रीका लागि बजार पुर्याइन । उनका पाठापाठी पनि बिक्री नभएपछि फकाएर ल्याइन । ‘पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थे । तर,यसपालि त व्यपारी नै आएनन् ।’ लक्ष्मीले भनिन् ।

बिशेषगरी जानजाति समुदायले घर खर्च टार्न बंगुरपालन र बिक्री गर्दै आएका छन् । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत नै बंगुरपालन हो । तर, बिक्री नै नभएपछि स्थानीय मारमा पर्दै आएका छन् । कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बिक्री भएका पाठापाठी ६ महिनायता बिक्री हुन छाडेको छ ।

तेह्रथुममा उत्पादन भएका पाठापाठी छिमेकी धनकुटा जिल्लाको विभिन्न बजार केन्द्र साथै पुर्वी तराईका जिल्लाहमा निर्यात हुने गरेका छन् । बजार राम्रो हुँदा बंगुर खरिद गरी राजधानी लगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए । व्यवसायीहरूले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बंगुर तथा स्थानीय रैथाने जातका च्वाँचे पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बंगुर व्यवसायीहरुलाई उन्नत जातका बेफा तथा अनुदान दिँदै आएको छ । युवाहरूको आकर्षण बंगुरपालनमा भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भैरहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  २ : ११ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले