२२ माघ २०८२, बिहिबार | February 6, 2026

बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ



नेपालगन्ज । बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

बुधबार बिहान अबैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।

केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ६ : ५६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद