२३ असार २०८३, मंगलबार | July 7, 2026

द ब्रिटिस कलेजले टीबीसी जब फेयर गर्दै



काठमाडौ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।

कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ ।
कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् ।

त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन् ।

द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्ष नेतृत्वदायी भुमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ ।

जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन् ।’
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुलाई सबैलाई जब फेयरमा सहभागी हुनको लागि कलेजले आग्रह गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ ।

जब फेयरमा आउनचाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्नेछ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइनेछ ।

द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नसिप अफेर्स हेड सुनिल श्रेष्ठले भने, ‘टिबिसीले विद्यार्थीहरुलाई हरेक तरिकाले निपुण बनाउन तालिम प्रदान गर्दै आइरहेको छ ।

उनीहरुलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुयट हुनुपुर्व नै सिकिसकेका हुन्छन् । जब फेयर पनि यसै अन्तर्गत विद्यार्थीहरुको उदेश्य परिपुर्ति गर्नका लागि गरिदैँ आएको कार्यक्रम हो ।’

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ८ : ०९ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै