२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिद्धारा मुटुका विरामीलाई आर्थिक सहयोग



बुटवल । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिले एक जना मुटुका विरामीलाई आर्थिक सहयोग गरेको छ ।

कपिलबस्तु बाणगंगा नगरपालिका वडा नंं ८ मधुवनका पुर्ण बहादुर भाट क्षेत्रीलाई जिफन्ट लुम्बिनी प्रदेश कमिटिले आर्थिक सहयोग गरेको हो ।

भाटले जिफन्ट आवद्ध घटक युनियन कृषि मजदुर संघ (फापुन) मा रहेर विभिन्न जिम्मेवारी पूरा गरेका थिए । मुटुको समस्याबाट लामो समय सम्म ग्रसित भएका भाटलाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले जिफन्ट रास्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतम, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफले, सचीव सन्तोस के.सी, प्रभा पौडेल, कर्ण लामा, दिल कुमारी भण्डारी, गणेश राना लगायतको टोलीले भाटकी श्रीमती सिता वि.सी लाई ३० हजार रुपैया हस्तान्तरण गरेको थियो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै जिफन्ट रास्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले संस्थाको सानो सहयोगले अन्य सहयोगीहरुलाई रकम प्रदान गर्न हौसल्ला मिल्ने बताउँदै भाटको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

त्यस्तै जिफन्ट लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफले भाटले युनियन कृषि मजदुर संघ (फापुन)मा गरेको कार्यको सम्झना गर्दै स्वास्थ्यलाभको कामना गरे । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जिफन्ट लुम्बिनी प्रदेश कमिटि सचिव सन्तोष के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ८ : १७ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी