१० पुस २०८२, बिहिबार | December 25, 2025

देशी विदेशी घेराबन्दी तोड्न माओवादी शक्ति एकठाँउमा आउनुपर्ने : महरा



रोल्पा । नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी आन्दोलन र माओवादी नेतृत्वमाथि देशी विदेशीहरुको घेराबन्दी जारी रहेको बताएका छन् ।

माओवादी केन्द्र रोल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई समबाधेन गर्दै उपाध्यक्ष महराले देशी विदेशी घेराबन्दीका विरुद्धमा सबै माओवादी आन्दोलनका शक्तिहरुलाई केन्द्रीत गर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

उनले माओवादी केन्द्रकै एजेण्डा र नेतृत्वमा देश अगाडि बढेको बताउँदै प्रतिक्रान्तिकारी टप्का संग लडेर भए पनि ऐजेण्डालाई स्थापित गर्नका लागि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउन अनिवार्य रहेको बताए । उपाध्यक्ष महराले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई विजय बनाएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने समेत बताए । उनले महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिलाई पुरा गर्नका लागि हरेक माओवादी केन्द्रका नेता कार्यकर्ता सक्रियताका साथ लाग्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए

प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले रोल्पा जिल्लालाई पहिलो प्राथमिकतामा दिएर बजेट प्रदान गरेको दाबी गरे । उनले रोल्पा जिल्लाको आवश्यकता र जनताको आबश्यकता धेरै भएकाले गर्दा सोचेजस्तो विकास हुन नसकको पनि बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशसभा सदस्यमा उमेद्वार हुँदा रोल्पाली जनताको शीर झुुक्ने गरी काम नगर्ने प्रविबद्धता व्यक्त गरेकोमा त्यो काम आफुले पुरा गरेको दाबी गर्दै फेरी पनि देश र जनताको सेवा गर्ने अवसर दिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफैले गरेको बेला लुम्बिनी प्रदेशको नामाकरण, राजधानी स्थापना, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक टेक्निकल विश्वविद्यालय खजुरामा स्थापना, रामपुर जिनाबाङ पाटीहाल्नासम्मको सडक निर्माणका गौरवको योजनालाई शुरुवात गरेको उनले दाबी गरे

माओवादी केन्द्र स्थायी समिति सदस्य जयपुरी घर्तीमगरले रोल्पा जिल्लाको विकास मात्रै भन्दा पनि समग्र देशको विकासका लागि सोच्नु पर्ने बताइन् । उनले शिक्षा तथा स्वास्थ्य समितिको सभापति हुँदा ८ वटा ऐन निर्माण गरेको बताउँदै आगामी दिनमा पनि देशकै सेवा गर्ने बताइन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : १० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु