८ असार २०८३, सोमबार | June 23, 2026

देशी विदेशी घेराबन्दी तोड्न माओवादी शक्ति एकठाँउमा आउनुपर्ने : महरा



रोल्पा । नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी आन्दोलन र माओवादी नेतृत्वमाथि देशी विदेशीहरुको घेराबन्दी जारी रहेको बताएका छन् ।

माओवादी केन्द्र रोल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई समबाधेन गर्दै उपाध्यक्ष महराले देशी विदेशी घेराबन्दीका विरुद्धमा सबै माओवादी आन्दोलनका शक्तिहरुलाई केन्द्रीत गर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

उनले माओवादी केन्द्रकै एजेण्डा र नेतृत्वमा देश अगाडि बढेको बताउँदै प्रतिक्रान्तिकारी टप्का संग लडेर भए पनि ऐजेण्डालाई स्थापित गर्नका लागि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउन अनिवार्य रहेको बताए । उपाध्यक्ष महराले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई विजय बनाएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने समेत बताए । उनले महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिलाई पुरा गर्नका लागि हरेक माओवादी केन्द्रका नेता कार्यकर्ता सक्रियताका साथ लाग्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए

प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले रोल्पा जिल्लालाई पहिलो प्राथमिकतामा दिएर बजेट प्रदान गरेको दाबी गरे । उनले रोल्पा जिल्लाको आवश्यकता र जनताको आबश्यकता धेरै भएकाले गर्दा सोचेजस्तो विकास हुन नसकको पनि बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशसभा सदस्यमा उमेद्वार हुँदा रोल्पाली जनताको शीर झुुक्ने गरी काम नगर्ने प्रविबद्धता व्यक्त गरेकोमा त्यो काम आफुले पुरा गरेको दाबी गर्दै फेरी पनि देश र जनताको सेवा गर्ने अवसर दिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफैले गरेको बेला लुम्बिनी प्रदेशको नामाकरण, राजधानी स्थापना, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक टेक्निकल विश्वविद्यालय खजुरामा स्थापना, रामपुर जिनाबाङ पाटीहाल्नासम्मको सडक निर्माणका गौरवको योजनालाई शुरुवात गरेको उनले दाबी गरे

माओवादी केन्द्र स्थायी समिति सदस्य जयपुरी घर्तीमगरले रोल्पा जिल्लाको विकास मात्रै भन्दा पनि समग्र देशको विकासका लागि सोच्नु पर्ने बताइन् । उनले शिक्षा तथा स्वास्थ्य समितिको सभापति हुँदा ८ वटा ऐन निर्माण गरेको बताउँदै आगामी दिनमा पनि देशकै सेवा गर्ने बताइन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : १० बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका