२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो



काठमाडौं । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ ।

कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखि“दै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।

निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो ।

उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।

‘गठबन्धनबीच चुनावी तालमेल दुई÷चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ उच्च स्रोतले राजधानीसँग भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’

त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ ।

गठबन्धनबीच सिट बाँडफाँटमा भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा लगभग सहमति हुने सम्भावना बढेको छ । बुधबार सहमति गरेर प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको छ । कांग्रेसलाई सिट बढी दिँदा बाबुराम भट्टराई, वामदेव गौतम र लोसपालाई मिलाउने जिम्मा पनि कांग्रेसलाई नै दिनुपर्ने जनमोर्चाबाहेकका अन्य तीन दलको अडान छ ।

‘बैठकमा भित्र मुख्य विषय उठ्दैन, बाहिर आआफ्ना दाबी आउँछन्, समस्या अघि होइन, पछिपछि देखिएको छ, गठबन्धनले बनाएको कार्यदलले एउटा आँकडा तयार गरेर, मूल विषयमा माथिल्लो तहबाट नै निर्णय हुन्छ,’ स्रोत भन्छ ।

सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेसमेत राजधानीमा आयोजित एक कार्यक्रममा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ७ : १० बजे

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा