२७ श्रावण २०८३, बुधबार | August 12, 2026

समाजसेवी मोहम्मदी सिद्धिकीको नाममा सामाजिक सेवा पुरस्कार स्थापना गरिने



नेपालगन्ज । समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुन मिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिएकी सिद्दिकीको समाजसेवाबाट आम नागरिक विशेषगरि मुस्लिम महिलाहरु लाभान्वित र प्रभावित थिए । मुस्लिम समुदायमा महिलाहरुलाई समाजसेवामा लाग्न असहज रहेको अवस्थामा पनि समुदायमा बिद्रोह उनी समाजसेवामा लागेकी थिईन् । २०४८ साल देखि अनवरतसमाज सेवा र राजनीतिमा जीवन व्यतित गरेकी मोहम्मदी सिद्धिकीको बिश्वव्यापी रुपमा फैलिएको कोभिडको दोश्रो महामारीमा कोभिडको संक्रमणबाट अल्पआयुमैं निधन भएको थियो ।

सिद्धिकीका श्रीमान समाजसेवी तथा राजनैतिक व्यक्तित्व मोहम्मद सुलेमान सिद्दिकीको २०४७ साल फाल्गुण १९ गते निधन भएपछि उनकै प्रेरणाले उत्तराधिकारीको रुपममा मोहम्मदीले समाजसेवा र राजनीतिमा होमिएकि थिईन् । फातिमा फाउण्डेसन नामको गैरसरकारी संस्था मार्फत मुस्लिम महिलाहरुमा अधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सिद्दिकीले गरेको योगदानलाई नेपालगन्जमा नागरिकहरुले अहिले पनि स्मरण गर्ने गर्दछन् ।

राजनीति र समाजसेवालाई सँग, सँगै तर एक, अर्कालाई नजोडेर गर्दै अघि बढेकी उनले २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साविक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट चार जना पुरुष उमेदवारलाई पराजित गर्दै विजयी भएकी थिईन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार बनेकि उनी २०६४ सालको संविधान सभामा संविधान सभाको सदस्यबनेकी थिईन् ।

महासंघले सिद्धिकीको सम्मानमा उक्त पुरस्कार स्थापना गर्ने र पुरस्कार व्यवस्थापनका लागि सिद्धिकीकी बहिनी तथा गैसस महासंघ नेपाल बाँकेकी कार्य समिति सदस्य मैमुना सिद्धिकीको संयोजकत्वमा ५ सदस्सिय समिति गठन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष नमस्कार शाहले बताए ।

शाहका अनुसार बैठकले पुरस्कारका लागि बिभिन्न संघ, संस्थाहरुबाट सहयोग संकलन गर्ने निर्णय गरेको छ । अक्षय कोष स्थापना गरि अक्षय कोषबाट आएको व्याजबाट हरेक बर्षको असोज ६ गते मनाईने सामाजिक सेवा दिवसमा सामाजिक सेवामा उत्कृष्ठ कार्य गर्ने बाँके स्थित एक सामाजिक संस्था वा समाजसेवीलाई नगद सहित सम्मान प्रदान गर्ने योजना महासंघले बनाएको छ । महासंघका अनुसार, यसै बर्ष देखि पुरस्कार प्रदान गर्न शुरु गरिनेछ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ८ : ४४ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र