११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ ।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो ।

बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : १० बजे

Your email address will not be published.

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था

८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेश खटिए, कुन प्रदेशमा कती ?

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र

कालिका मानवज्ञानमा लोक भजन प्रतियोगिता सम्पन्न

बुटवल । रुपन्देहीमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

काठमाडौं । सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी