२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कृषि उत्पादन ढुवानीमा अवरोध पुर्याउनेलाई कडा कारवाही गर्ने सरकारको चेतावनी



काठमाडौं । सरकारले कृषि तथा फलफूल जन्य अत्यावश्यक वस्तु ढुवानीमा अवरोध पुर्याउनेहरूलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

गृहमन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारि गर्दै अवरोध पुर्याउनेलाई कडा कारवाहीको चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, लकडाउनको आदेश जारी भएपश्‍चात स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भैरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानून विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ ।

तसर्थ यस प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्ति/निकाय/संघसंस्था सहभागी नभइदिनुहुन गृहले अनुरोध गरेको छ ।

कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍ने समेत गृहले चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : ३५ बजे

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागे रास्वपा नेता बालेन साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत