२७ भदौ २०८३, शनिबार | September 12, 2026

म्याद थप्द लगिएको बन्दी अदालतको शौचालयबाट फरार



दाङ । म्याद थप गर्न प्रहरीले दाङ जिल्ला अदालत लगेको एक जना बन्दी अदालत परिषरबाट फरार भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधिस समक्ष पेश गर्ने क्रममा शौचालय गएकोमा त्यतैबाट फरार भएका थिए । शौचालयको झ्यालबाट हामफालेर विश्वकर्मा फरार भएको बताइएको छ । १८ जना बन्दीलाई २१ जना प्रहरीले एक साथ अदालत लगेकोमा विश्वकर्मा न्यायाधीश समक्ष पेश गर्न हतकडी खोलेर लैजानेक्रममा शौचालय पसेको र २ तला माथिबाट हामफालेर फरार भएको दाङ प्रहरी प्रमुख बिरबहादुर वलीले बताए ।

फरार विश्वकर्माको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : ४६ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल