९ असार २०८३, मंगलबार | June 23, 2026

क्यान्सर अस्पताल खजुराका अध्यक्ष सहित सदस्यहरुले गरे पदभार ग्रहण



खजुरा । संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट नव नियुक्त सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले आजबाट पदभार ग्रहण गरेका छन् ।

अस्पताल प्रशासनले आयोजना गरेको एक कार्यक्रमकाबीच नव नियुक्त अध्यक्ष मल्ल सहित सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार र सेवाहरुका विषयमा आफुले हरसम्भव कोसिस गर्दै अस्पताललाई क्यान्सर विशेषज्ञ अस्पताल बनाउन लागी पर्ने बताए । उनले अस्पताललाई सफल बनाउन कर्मचारी, स्थानीयको सहयोगको अपेक्षा पनि गरे ।

अस्पताल परिसरमा सम्पन्न पदभार कार्यक्रममा अस्पतालका मेसु कृष्ण प्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर केसी, नेकपा एकीकृत समाजवादीका नेता दल बहादुर सुनार लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अस्पतालको बिनियमावली अनुसार सरकारले नियुक्त गर्ने अध्यक्ष सहित २ जना सदस्य मनोनयन भएपनि अस्पतालको स्थापना गर्ने संस्था प्रखर परोपकार मिशन नेपालको नियमित साधारणसभा हुन नसक्दा त्यस संस्थाबाट प्रतिनिधित्व हुने ३ जना सदस्यहरुले बैधानिकता पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : ०४ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम

काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ