८ पुस २०८२, मंगलबार | December 23, 2025

उम्मेदवार सिफारिस भएका सदस्यलाई पत्रकार महासंघ बाराले कारवाही गर्ने



बारा । नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरूलाई कारवाही गर्ने भएको छ ।

पत्रकार महासंघको सदस्यता नत्यागी राजनीतिक दलबाट उम्मेदवार सिफारिस भएकोमा नेपाल पत्रकार महासंघ बाराले आपत्ति जनाएको हो ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा शुक्रबार बसेको बठकले सिफारिस भएकोमा महासंघको ध्यानाकर्ष भएको जनाएको छ । महासंघको विधान २०६० [पाँचौँ संशोधन २०७६]ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भनि उल्लेख छ ।

दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा समितिले निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ बाराले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ३ : ५२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना