३२ असार २०८३, बिहिबार | July 16, 2026

पश्चिम सुर्खेतको एक क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाबाट मृत्यु



सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिमा बसेका ती युवकको आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर
फर्किएका थिए । तर उनको बिहीबार बिहान मृत्यु भएको थियो ।

मृत्यु पछि पुनः पीसीआर परीक्षण गर्दा भने ती युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय प्रयोगशालाले जनाएको छ ।

पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवक यही जेठ ७ गते भारतबाट आएर विद्यापुरको जनता मावि क्वारेन्टिमा बसेका थिए । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी २१ गते बुधबार घर फर्किका थिए । तर, बिहीबार बिहान २ बजे उनको मृत्यु भएको थियो ।

जनता मावि क्वारेन्टिमा ५४ जना रहेका थिए । क्वारेन्टिमा बसेकाहरुको परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको तर मृतक युवकसँगै बसेका पाँच जनामा भने नेगेटिभ रिपोर्ट आएको थियो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्युको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह आयोजना गर्ने पत्रकारसम्मेलनमार्फत जानकारी हुनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ०४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना