१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

द्र ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न



काठमाडौ । द्र ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन्। द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष धेरैजना विद्यार्थीहरु भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो ।

पहिलो चरण बिहान विजनेशका विद्यार्थीहरु दीक्षित भए भने आइटीका विद्यार्थीहरुले दिउँसो दीक्षित भएका थिए । कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलायती महारानी एलिजाबेथको निधनप्रति दुई मिनेट मौन धारण गरिएको थियो । ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एसियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो ।

त्यस्तै अन्य अतिथिमा पउल क्लिभेस, डा अर्जुन कुमार कार्की, माइकल रुटल्याण्ड, डा एच सी, चिरन थापा, दुई आद्यौँगिक सल्लाहकार बोर्ड सदस्यहरु टिम गोचर र सिद्यान्त राज पाण्डेको उपस्थिति रहेको थियो । द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै द ब्रिटिस कलेजका सिइओ राजन कडेँलले स्वागत मन्तव्य दिएका थिए ।

उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिनुका साथ भविष्यमा थप सफलताको कामना गरे । उनले भने,‘कोरोना संक्रमणको कालमा पनि ब्रिटिस कलेजले पठनपाठनलाई चुस्तदुरुस्त राख्न सफल भयो । आज विद्यार्थीहरुले ब्रिटिस एक्रिडियस काउन्सिलबाट मान्यता प्राप्त यस कलेजबाट डिग्री लिइरहेका छन् । विद्यार्थीहरुको थप सफलताको कामना म गर्छु ।’

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’ ठुलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए । कार्यक्रममा विशिष्ट अतिथिहरुले विद्यार्थीहरुलाई प्रेरणाको सन्देश दिदैँ सफलताको कामना गरेका थिए ।

त्यस्तै बेलायती विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले दीक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । बिबिए विद्यार्थी तथा जोन्टा छात्रवृत्ति जितेकी रुवी शाहले पनि आफ्नो भनाई राखेकी थिइन् । स्टुडेण्ट एक्सीलेन्स अवार्ड आइटीबाट रक्षा लामा मोक्तान र बिबिएबाट आयुष श्रेष्ठले प्राप्त गरे ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ५ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले