४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रारामा दोस्रो सर्वेक्षण कार्य सुरु



मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिए पश्चात् पुन दोस्रो पटक सर्वेक्षण कार्य सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ-टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, तालको पानीको गुणस्तर शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्यापटेष्ट कार्य सुरु गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।

रारा सर्वेक्षणका लागि विभागबाट २ जना र प्रालिबाट ८ जना गरी १० जनाको टोली रारामा खटिएको छ । तालको भू–भाग क्षेत्रफल मापनको निम्ति टोपोग्राफिक र गहिराई नाप्न प्रयोग गरिएको कार्ड इ-टु सर्भिस जेड जेभी प्रालिका इन्जिनियर राम श्रेष्ठले जनाए ।

इन्जिनियर श्रेष्ठका अनुसार रारातालको सर्वेक्षण नयाँ-नयाँ प्रविधिद्वारा गरिएको छ । २०५४ सालपछि दोस्रो सर्वेक्षण कार्यले तालको गहिराई लम्बाई, चौडाइ र पानीको शुद्धता वास्तविक जानकारी हुने निकुञ्जको भनाइ छ । प्रालिले सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन तयारी गरी जल तथा मौसम विज्ञान विभागलाई बुझाउने भएको छ ।

प्रथम सर्वेक्षणबमोजिम रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०।८ वर्ग किलोमिटर रहेको रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित राराको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिका सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनका सुन्दरी गाउँपालिकाको भूभाग ओटेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : १३ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि