२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रारामा दोस्रो सर्वेक्षण कार्य सुरु



मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिए पश्चात् पुन दोस्रो पटक सर्वेक्षण कार्य सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ-टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, तालको पानीको गुणस्तर शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्यापटेष्ट कार्य सुरु गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।

रारा सर्वेक्षणका लागि विभागबाट २ जना र प्रालिबाट ८ जना गरी १० जनाको टोली रारामा खटिएको छ । तालको भू–भाग क्षेत्रफल मापनको निम्ति टोपोग्राफिक र गहिराई नाप्न प्रयोग गरिएको कार्ड इ-टु सर्भिस जेड जेभी प्रालिका इन्जिनियर राम श्रेष्ठले जनाए ।

इन्जिनियर श्रेष्ठका अनुसार रारातालको सर्वेक्षण नयाँ-नयाँ प्रविधिद्वारा गरिएको छ । २०५४ सालपछि दोस्रो सर्वेक्षण कार्यले तालको गहिराई लम्बाई, चौडाइ र पानीको शुद्धता वास्तविक जानकारी हुने निकुञ्जको भनाइ छ । प्रालिले सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन तयारी गरी जल तथा मौसम विज्ञान विभागलाई बुझाउने भएको छ ।

प्रथम सर्वेक्षणबमोजिम रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०।८ वर्ग किलोमिटर रहेको रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित राराको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिका सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनका सुन्दरी गाउँपालिकाको भूभाग ओटेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ८ : १३ बजे

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम-कोरोलानाका जोड्ने मुस्ताङको

दमक-चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी

स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान

वालिङ । स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष