७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ठेक्का नलागेको क्षेत्रबाट राप्ती दोहन गरिएपछि राप्ती बगरमा झडप



दाङ , राप्ती नदीबाट नदीजन्य पदार्थ निकाल्ने र निकाल्न नहुने बीच झडप हुंदा उत्खनन्मा प्रयोग भएको स्काइभेटरमा सामान्य क्षेl तपुगेको छ भने ठेकेदार कम्पनिका कामदारहरु काम छाडेर भागेकाछन् ।

राप्ती नदीमा जथाभावी रुपमा नदीजन्य सामग्रीको उत्खनन् गरेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएपछि दाङको गढवा, भालुवाङ क्षेत्रमा झडप भएको छ । राप्ती बचाउ संघर्ष समितीको नाममा नदी उत्खनन्मा अवरोध गरेपछि ठेकेदार कम्पनिले पनि आफ्ना समर्थकहरुलाई प्रतिकारमा उतारेपछि झडप भएको बताईएको छ ।

संघर्ष समितीले चुरे संरक्षण र स्थानीय सिंचाई र गांउ बचाउनकालागि नदी उत्खनन् रोक्नुको बिकल्प नरहेको बताउंदै आएको छ । ८२ करोडको बैदेशीक सहयोगमा सचालन रहेको सिंचाई परियोजनाको मुहानलाई नकारात्मक असर पुग्ने गरि उत्खनन् भएको राप्ती बचाउ संघर्ष समितीका संयोजक टोप बहादुर कार्की बताउंछन् । कार्कीले ठेकेदार कम्पनीले गुण्डागर्दी गर्दै अनुमती दिएको भन्दा बढी नदीजन्य सामाग्री उठाएको आरोप लगाए । गांउपालीकाहरु ठेकेदारबाट प्रभावित भएको आरोप लगाउंदै संयोजक कार्कीले चुरे संरक्षण र बिपत ब्यवस्थापन गर्न बाहेक अन्यबेलामा खोलामा स्काइभेटर चलाउन नदिने संघिय सरकारको निर्णय बिपरित स्थानीय पालिकाहरुले ठेक्का लगाएको बताउंछन् । नदी उत्खनन्ले बसन्तपुर सिंचाईको मुहान माथि परेको मात्र नभई नदी आसपासका गांउहरु जोखिममा परेको कार्कीको भनाई छ ।

राप्ती गांउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी भने राप्ती बचाउ संघर्ष समितीको अस्तित्व समेत स्विकार गर्न तयार देखिंदैनन् । अनाधिकृतरुपमा समिति गठन गरि बिकास निर्माणको काममा अवरोध पु¥याएको सुबेदीको आरोप छ । वाताबरणीय प्रभाव मुल्यांकन गरि रेखा कोरेर दिईएको ठेक्कामा अवरोध गर्नुको कारण आफुले नदेखेको अध्यक्ष सुबेदीको भनाई छ । ठेकेदार कम्पनीसंगको म्याद सकिन थालेको र बर्षायाम सुरु हुन थालेकाले कम्पनीले बढी स्काइभेटर प्रयोग गरि काम पुरा गर्न खोजेको स्विकार गर्दै उनले राप्ती नदीमा स्काइभेटर संचालन गर्न दिनु उपयुक्त भएको दाबी गरे ।

गढवा गाउँपालिका वडा नं. १ मलमलामा स्काइभेटर प्रयोग गरी ठूला खाडल पारेर नदीजन्य सामग्री उत्खनन् गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीका बासिन्दा नदी उत्खनन्को बिरोधमा उत्रिएका छन् ।

‘अनाधिकृत उत्खननले नदीको सतह गहिरिन थाल्यो । कुलाहरुमा पानी चढ्दैन् ।’ राप्ती नदी बचाउ तथा संरक्षण समितिका अध्यक्ष कार्कीले भने, क्रसर उद्योग र ठेकेदारले गर्दा ४, ५ गांउ नै जोखिममा परेको उनको भनाई छ ।

राप्ती नदी भालुबाङको पुल नजिक नदी गहिरिएपछि प्रगन्ना सिंचाइ आयोजनाका १, २ र ३ नम्बर इन्टेकमा नहरको सतह माथि हुन गई पानी नचढने अवस्था आएपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीको भनाई छ ।

लमही नगरपालिकाको ठेक्कामा पनि गढवा गांउपालिकामा ठेकेदार कम्पनीले उत्खनन् गरेको भनेर केहि दिन अघि बिबाद समेत भएको थियो । त्यस सम्बन्धमा बुझ्न खोज्दा गढवा गांउपालिकाका अध्यक्ष सहजराम यादवको मोबाईलमा सम्पर्क हुन सकेन ।

ठेक्का नलागेको स्थानमा समेत ठेकेदारले स्काइभेटर चलाएपछि दाङका सांसद इन्द्रजित थारु आफै पुगेर काम समेत रोकाएका थिए । तर उनले काम रोकाएर जिल्ला नपुग्दै पुनः उत्खनन् सुरु भएको संघर्ष समितिको गुनासो छ । ठेकेदारले प्रतिकारका लागि ल्याएका युवाहरु र स्थानीय बिच झडप हुंदा स्काइभेटरमा सामान्य क्षेती पुगेपनि ठेकेदारले संघर्ष समितीका पदाधिकारीका बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

गढवा प्रहरी कार्यालयका ईन्चार्ज भरतसिंह राठौरले झडपमा स्काइभेटरमा क्षेती पुगेको बताए । उनले आपसी समझदारीमा कानुनसम्मत हुने दिनेगरि मिलाउने प्रयास भै रहेको पनि जानकारी दिए ।

सदरमुकाम देखि टाढा र नियमित अनुगमन नहुंदा ठेक्का नलागेका स्थानमा समेत ठेकेदारले नदीजन्य सामाग्री निकाल्ने काम गर्दा चुरेको बिनास हुनुका साथै स्थानीय बस्तीहरु जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ९ : ५७ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको