३ असार २०८१, सोमबार | June 17, 2024

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदल गठन



काठमाडौ ।‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरिएको छ ।प्रतिनिधिसभाअन्र्तगतको कानुन, न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरेको हो ।

कार्यदलमा कांग्रेसबाट मीन विश्ववर्मा र अत्तहर कमाल मुसलमान, एमालेबाट शेरबहादुर तामाङ र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन र लोसपाबाट लक्ष्मणलाल कर्ण रहेका छन् ।

१७ भदौमा प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको थियो ।

सरकारले  गत ३१ असारमा दर्ता गरेको विधेयकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ७ भदौमा प्रतिनिधिसभामा पेस गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  १ : २२ बजे

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले

राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान