७ श्रावण २०८३, बिहिबार | July 23, 2026

युवा नहुँदा मुलुकका ग्रामीण बस्ती बृद्धआश्रम जस्तै बनेकाछन् : प्रदेश अर्थमन्त्री खड्का



नेपालगन्ज । ग्रामीण क्षेत्रमा उद्यम गर्न खोजेपनि सरकारका प्रविधिक र राज्यको सहयोग नपुग्ने गरेको सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयले आज नेपालगन्जमा आयोजना गरेको लुम्बिनी लगानी सम्बाद कार्यक्रममा सहभागी उद्यमीहरुले ग्रामिण क्षेत्रमा उद्यम संचालन गर्ने कार्यमा सरकारको उपस्थिती शुन्य रहेको गुनासो गरे ।

उनीहरुले कृषि उद्यमका लागि गाँउमा सरकारी प्राविधिक नजाने गरेको र अन्य कुटिर उद्योग संचालन गर्दा कच्चा पदार्थ र दक्ष जनशक्ति नपाईने गरेको बताए । सहभागीहरुले नेपाललाई महमा आत्मनिर्भर बनाउन सकिने भएपनि विदेशबाट आएको गुणस्तरहिन महले नेपाली मौरी किसानको बजार ठप्प भएको बताए । राज्यसँग जडिबुटीको विषयमा स्पष्ट नीति नै नभएको उनीहरुको आरोप छ ।

कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्यज खड्काले प्रदेश सरकारको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप लगानी सम्वाद गरिएको जानकारी दिए । उनले लगानी सम्मेलन प्रचारात्मक भन्दा परिणाममुखी बनाउने सरकारको उद्देश्य रहेको स्पष्ट पार्दै प्रदेशका साना ठुला उद्यमीहरुको समस्या र लगानीलाई लगानी सम्मेलनले सम्बोधन गरिनु पर्ने बताए ।

संघीय र प्रदेशमा आवश्यक कानुन बन्न नसक्दा प्रदेशले प्रतिफल देखाउन नसकेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेश सरकार अहिले संघ र स्थानीयको बिचमा रहेर समन्वयमात्र गर्ने कार्यमा रहेको बताए । उनले नेपालका प्राय सबै ग्रामीण क्षेत्र बृद्धाश्रम जस्तै बनेको जिकिर गर्दै युवाहरु विदेश पलायन हुँदा गाँउघर उजाड बनेको बताए । प्रदेश सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिने र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अगाडि बढेको उनले दाबी गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव घिमिरे क्षेत्रीले प्रदेश सरकारले गर्ने लगानी सम्मेलन काठमाडौं र तिलोत्तमामा गरेको जस्तो लगानी सम्मेलन नहुने बताए । उनले स्वदेशी उद्यमीहरुको बृहद उपस्थिती र सहभागितामा सम्मेलन गरिने बताए । निजी क्षेत्रको लगानी सुरक्षित गर्ने तर्फ नै सरकारको ध्यान केन्द्रीत रहेको बताउँदै उनले राष्ट्रिय उद्योगीहरुको लगानी सुरक्षित नहुँदा सम्म राष्ट्रको समृद्धि नहुने बताए ।

प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्लेले बागमती पछिको समृद्ध प्रदेश लुम्बिनीलाई बनाउन सकिने बताए । उनले प्रदेशमा सक्षम उद्यमीहरु भएपनि वातावरण बन्न नसकेको बताउँदै त्यही वातावरण बनाउन प्रदेश सरकार प्रदेश भित्रका उद्यमीहरुसँग हातेमालोगर्न अग्रसर भएको बताए । उद्यमीहरुबाट आउको सुझाव र गुनासोलाई प्रदेश सरकारले सम्बोधन गर्ने पनि उनले बताए ।

कार्यक्रममा रुकुम पूर्व, रोल्पा, दांग, बाँके र बर्दियाका उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ७ : २० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ