२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युवा नहुँदा मुलुकका ग्रामीण बस्ती बृद्धआश्रम जस्तै बनेकाछन् : प्रदेश अर्थमन्त्री खड्का



नेपालगन्ज । ग्रामीण क्षेत्रमा उद्यम गर्न खोजेपनि सरकारका प्रविधिक र राज्यको सहयोग नपुग्ने गरेको सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयले आज नेपालगन्जमा आयोजना गरेको लुम्बिनी लगानी सम्बाद कार्यक्रममा सहभागी उद्यमीहरुले ग्रामिण क्षेत्रमा उद्यम संचालन गर्ने कार्यमा सरकारको उपस्थिती शुन्य रहेको गुनासो गरे ।

उनीहरुले कृषि उद्यमका लागि गाँउमा सरकारी प्राविधिक नजाने गरेको र अन्य कुटिर उद्योग संचालन गर्दा कच्चा पदार्थ र दक्ष जनशक्ति नपाईने गरेको बताए । सहभागीहरुले नेपाललाई महमा आत्मनिर्भर बनाउन सकिने भएपनि विदेशबाट आएको गुणस्तरहिन महले नेपाली मौरी किसानको बजार ठप्प भएको बताए । राज्यसँग जडिबुटीको विषयमा स्पष्ट नीति नै नभएको उनीहरुको आरोप छ ।

कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्यज खड्काले प्रदेश सरकारको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप लगानी सम्वाद गरिएको जानकारी दिए । उनले लगानी सम्मेलन प्रचारात्मक भन्दा परिणाममुखी बनाउने सरकारको उद्देश्य रहेको स्पष्ट पार्दै प्रदेशका साना ठुला उद्यमीहरुको समस्या र लगानीलाई लगानी सम्मेलनले सम्बोधन गरिनु पर्ने बताए ।

संघीय र प्रदेशमा आवश्यक कानुन बन्न नसक्दा प्रदेशले प्रतिफल देखाउन नसकेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेश सरकार अहिले संघ र स्थानीयको बिचमा रहेर समन्वयमात्र गर्ने कार्यमा रहेको बताए । उनले नेपालका प्राय सबै ग्रामीण क्षेत्र बृद्धाश्रम जस्तै बनेको जिकिर गर्दै युवाहरु विदेश पलायन हुँदा गाँउघर उजाड बनेको बताए । प्रदेश सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिने र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अगाडि बढेको उनले दाबी गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव घिमिरे क्षेत्रीले प्रदेश सरकारले गर्ने लगानी सम्मेलन काठमाडौं र तिलोत्तमामा गरेको जस्तो लगानी सम्मेलन नहुने बताए । उनले स्वदेशी उद्यमीहरुको बृहद उपस्थिती र सहभागितामा सम्मेलन गरिने बताए । निजी क्षेत्रको लगानी सुरक्षित गर्ने तर्फ नै सरकारको ध्यान केन्द्रीत रहेको बताउँदै उनले राष्ट्रिय उद्योगीहरुको लगानी सुरक्षित नहुँदा सम्म राष्ट्रको समृद्धि नहुने बताए ।

प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्लेले बागमती पछिको समृद्ध प्रदेश लुम्बिनीलाई बनाउन सकिने बताए । उनले प्रदेशमा सक्षम उद्यमीहरु भएपनि वातावरण बन्न नसकेको बताउँदै त्यही वातावरण बनाउन प्रदेश सरकार प्रदेश भित्रका उद्यमीहरुसँग हातेमालोगर्न अग्रसर भएको बताए । उद्यमीहरुबाट आउको सुझाव र गुनासोलाई प्रदेश सरकारले सम्बोधन गर्ने पनि उनले बताए ।

कार्यक्रममा रुकुम पूर्व, रोल्पा, दांग, बाँके र बर्दियाका उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ७ : २० बजे

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी