९ असार २०८३, मंगलबार | June 23, 2026

कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडि खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाले जयनेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् ।

‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई लाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ ।’

राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौंका खोला–नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  २ : ३४ बजे

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३

विष्णु पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने