१६ श्रावण २०८३, शनिबार | August 1, 2026

स्कलर्समा अभिभावक अन्तरक्रिया



बुटवल । स्कलर्स होम बोर्डिङ स्कुलले अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ ।

शनिबार बुटवलमा एक कार्यक्रमका बिच कार्यक्रमको अभिभावक संघ रुपन्देही जिल्लाका अध्यक्ष लोकनाथ ज्ञवालीले बच्चाहरुको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको दाबी गर्दै जग बलियो बनाउन आमाको भुमिका धेरै रहने बताए । बच्चाहरुको मनोभावना बुझेर अघि बढ्नुपर्ने जोडदिदै उनले शहरी ब्यस्तताका कारण पनि अभिभावक र बच्चाहरुमा दुरी बढ्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले असल विद्यार्थी उत्पादन गर्न अभिभावकको भुमिकालाई ध्यान दिएर विद्यालयमा वर्षभरि नै रचनात्मक कार्यक्रमहरु राखिदै आएको बताए । विद्यार्थीहरुलाई दैनिक डायरी ब्यवस्थापन गरि शैक्षिक, ब्यहारिक ज्ञान सिकाईमा मद्दत मिलेको उनले बताए । विद्यालयमा शिक्षकसंगै घरमा अभिभावकहरुबाट समय ब्यवस्थापन गर्न सकेमात्र बालबालिकाको क्षमता विकास हुने उनले दाबी गरे ।

कस्मिक वर्ड नेपालका संचालक तथा जीवन खोजका प्रशिक्षक, लेखक डिआर पराजुली (म्यागनेट) ले अभिभावक सचेतना कार्यक्रमलाई सहजिकरण गर्दै हरेक अभिभावकमा नेतृत्व र बकतृत्व कला विकास गर्न जरुरी रहेको बताए । सफल अभिभावक बन्न सरल उपायलाई अप्नाउनुपर्नेमा जोड दिदै उनले हाम्रो धर्मसंस्कृतिमा यसको धेरै वर्णन रहेको दाबी गरे ।

आधुनिक प्रविधिको युगमा बालबालिकाहरुलाई टेलिभिजन, मोबाइल जस्ता ग्याजेटको प्रयोग बन्द गर्नेभन्दा पनि यसप्रतिको मोह घटाउनुपर्ने सुझाव दिए । उनले बालबालिकाहरुको जिद्दीपनको कारण खोजेर सिकाउनुपर्ने सुझाव दिदै व्यवहार परिवर्तन गर्न सकारात्मक हुन जरुरी रहने बताए । सोच र व्यवहार फरक हुनसक्ने तर्क गर्दै सोच परिवर्तन नभई ब्यवहार पनि परिवर्तन नहुने दाबी गरे ।

कार्यक्रममा बुटवल वडा नं ९ का वडासदस्य भरत पुरी, विद्यालयका उपप्राचार्य टिकाराम गौतम, प्रशासकिय अधिकृत लोकप्रसाद भण्डारीले मानिसमा सिकाईको चाहना सधैभरि हुनुपर्ने बताए । सुधारको अभियान आफैबाट चलाउनुपर्ने सुझाव दिनुपर्ने उनिहरुले बताए । कार्यक्रममा करीब ४ सय अभिभावकहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : ३१ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष