२ चैत्र २०८२, सोमबार | March 17, 2026

बुटवलमा भोली वैज्ञानिक संगोष्ठी हुदै



बुटवल । विज्ञान दिवसको अवसर पारेर शनिबार (भोली) बुटवलमा विज्ञान संगोष्ठी हुने भएको छ । विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवसर विषयक प्रदेश स्तरीय विज्ञान गोष्ठी र रसायन शास्त्र विषयको विषयगत समीक्षा तथा अभिमुखिकरण आयोजना गरिएको हो । नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश कमिटीले दशौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा कार्यक्रम गर्न लागेको हो ।

शुक्रबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्णप्रसाद शर्माले बौद्धिक समाज र सरकारी सरोकारवालाबीच विज्ञान र प्रविधीका बिभिनन पक्षहरुमा छलफल गर्न साझा मञ्च सिर्जना गर्ने उद्देश्य राखेको बताए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गर्ने कार्यक्रम छ ।

त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा विज्ञान तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, लम्बिनी प्राविधीक विश्वविद्यालयका उपकुलपति, नगरपालिकाका प्रमुख उपप्रमुख, विभिन्न क्याम्पसका प्रमुख, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल भौतिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष, नेपाल प्राणी समाज लुम्बिनी प्रदेशका अध्यक्ष, गौतमबुद्ध विज्ञान तथा प्रविधी प्रतिष्ठानका अध्यक्ष लगायतको सहभागी हुनेछन ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रा.डा. मोतीलाल शर्मा भुसाल, प्रा.डा. कविराज पौडेल विषेश वक्ताको रुपमा प्रा.डा. एडी शर्मा, केन्द्रिय सदस्य प्रा.डा. सुरेन्द्र कुमार गौतम रहेका छन् ।

दुई चरण सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा प्रदेश स्तरीय विज्ञान गोष्ठी तथा दोस्रो चरणमा रसायन शास्त्र विषयको विषयगत समिक्षा तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सल्लाहकार बसन्तराज खनालले जानकारी दिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लामा रहेका क्याक्पस तथा विद्यालयका रसायन शास्त्र विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, समाजसेवी तथा उद्योगी व्यवसायीहरु समेत गरी दुई सय भन्दा बढीको सहभागीता रहनेछ ।

कक्षा ११ र १२ मा विज्ञान विषयको पाठ्क्रम परिवर्तन भएको ३ वर्ष भएपनि हालसम्म परिवर्तन भएको पाठ्क्रमसँग सम्बन्धीत यस्ता कुनैपनि कार्यक्रम नभएको अबस्थामा यो कार्यक्रम धेरै नै प्रभावकारी हुने विश्वास लिइएको छ । यस्ता कार्यक्रमहरु हुन नसक्दा ११ र १२ को नतिजासमेत पछिल्ला वर्षमा खस्कीएको बताइएको छ ।

प्रत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सचिव दिनेश न्यौपाने, कार्यसमिती सदस्य सपना भट्टराई, सजिता ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : ३४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित