१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवलमा भोली वैज्ञानिक संगोष्ठी हुदै



बुटवल । विज्ञान दिवसको अवसर पारेर शनिबार (भोली) बुटवलमा विज्ञान संगोष्ठी हुने भएको छ । विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवसर विषयक प्रदेश स्तरीय विज्ञान गोष्ठी र रसायन शास्त्र विषयको विषयगत समीक्षा तथा अभिमुखिकरण आयोजना गरिएको हो । नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश कमिटीले दशौँ राष्ट्रिय विज्ञान दिवसको अबसरमा कार्यक्रम गर्न लागेको हो ।

शुक्रबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्णप्रसाद शर्माले बौद्धिक समाज र सरकारी सरोकारवालाबीच विज्ञान र प्रविधीका बिभिनन पक्षहरुमा छलफल गर्न साझा मञ्च सिर्जना गर्ने उद्देश्य राखेको बताए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गर्ने कार्यक्रम छ ।

त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा विज्ञान तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, लम्बिनी प्राविधीक विश्वविद्यालयका उपकुलपति, नगरपालिकाका प्रमुख उपप्रमुख, विभिन्न क्याम्पसका प्रमुख, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल भौतिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष, नेपाल प्राणी समाज लुम्बिनी प्रदेशका अध्यक्ष, गौतमबुद्ध विज्ञान तथा प्रविधी प्रतिष्ठानका अध्यक्ष लगायतको सहभागी हुनेछन ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रा.डा. मोतीलाल शर्मा भुसाल, प्रा.डा. कविराज पौडेल विषेश वक्ताको रुपमा प्रा.डा. एडी शर्मा, केन्द्रिय सदस्य प्रा.डा. सुरेन्द्र कुमार गौतम रहेका छन् ।

दुई चरण सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा प्रदेश स्तरीय विज्ञान गोष्ठी तथा दोस्रो चरणमा रसायन शास्त्र विषयको विषयगत समिक्षा तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सल्लाहकार बसन्तराज खनालले जानकारी दिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लामा रहेका क्याक्पस तथा विद्यालयका रसायन शास्त्र विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, समाजसेवी तथा उद्योगी व्यवसायीहरु समेत गरी दुई सय भन्दा बढीको सहभागीता रहनेछ ।

कक्षा ११ र १२ मा विज्ञान विषयको पाठ्क्रम परिवर्तन भएको ३ वर्ष भएपनि हालसम्म परिवर्तन भएको पाठ्क्रमसँग सम्बन्धीत यस्ता कुनैपनि कार्यक्रम नभएको अबस्थामा यो कार्यक्रम धेरै नै प्रभावकारी हुने विश्वास लिइएको छ । यस्ता कार्यक्रमहरु हुन नसक्दा ११ र १२ को नतिजासमेत पछिल्ला वर्षमा खस्कीएको बताइएको छ ।

प्रत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशका सचिव दिनेश न्यौपाने, कार्यसमिती सदस्य सपना भट्टराई, सजिता ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : ३४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले