१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ग्लोबल आइएमईले गर्यो वित्तीय साक्षरता कार्यक्रम



बुटवल । ग्लोबल आइएमईले बैंक लिमिटेडले शक्रबार बुटवलमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आर्कषित गराउने उद्देश्यका साथ बुटवलको चौराहा र राममन्दिर शाखाले संयुक्त रुपमा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

बुटवलको सिद्धार्थ कटेजमा आयोजित उक्त प्रशिक्षणमा बैंकका प्रदेश उप प्रमुख जोग लाल भुसाल, राममन्दिर शाखा प्रमुख सन्जय बगाले र चौराहा शाखा प्रमुख नवीन पन्थीले प्रशिक्षण दिएका थिए । भने चौराहा शाखाका राजेश खनाल र प्रदेश कार्यलयकी बबिता ज्ञवालीले सहजीकरण गरेका थिए ।

प्रशिक्षणमा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो ।

मिस्डकल बैंकिङको माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोबाइलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुँचताका साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।