३१ भदौ २०८३, बुधबार | September 16, 2026

च्याम्पियन बनाउने वाचा पुरा गर्न नसकेको भन्दै प्रशिक्षक थापाद्वारा पदबाट राजीनामाको घोषणा



काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेकोमा नैतिक जिम्मेवारी लिँदै राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि थापाले उपाधि जित्ने वाचा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । थापाले पत्रकार सम्मेलन गर्दै भने, ‘आजैको दिनदेखि म यो टिम छोड्छु ।’

‘मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु ।’, थापाले भने, ‘सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।’

थापाले टिमले राम्रो खेलेको पनि अवसरलाई सदुपयोग गर्न नसक्दा हार्न पुगेको विश्लेषण गरे । यद्यपी, प्रदर्शनबाट आफु सन्तुष्ट रहेको उनले बताए । सकेजति प्रदर्शन गरेको उनले बताए ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले खेलाडीले म्याच एक्सपोजर नपुगेको बताइन । उनले वर्षमा एउटा पनि प्रतियोगिता राम्ररी नहुने गरेको यथार्थ बताउँदै आफ्नो टीममा अनुभवको कमी रहेको बताइन ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ३५ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक