९ पुस २०८२, बुधबार | December 25, 2025

चोलेन्द्रकी छोरी बनेकी सुनिधि नक्कली ठहर, दैलेखकी मिना बनिन् चोलेन्द्रकी नक्कली छोरी



काठमाडौं । आइतबार दिनभरी सामाजिक सञ्जालमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरकी छोरी बनेर भाइरल बनेकी युवती चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । चोलेन्द्रको सरकारी निवासबाट बाहिरिँदै आफुलाई चोलेन्द्रकी छोरी सुनिधि बताएर आफ्नो परिवारलाई नजरबन्द मुक्त गराइदिन हार गुहार गरेकी युवती चोलेन्द्रकी छोरी नभएको न्युज एजेन्सी नेपालले दाबी गरेको छ ।

आफुलाई सुनिधि र चोलेन्द्रको छोरी बताउँदै प्रहरीले आफु र आफ्नो परिवारलाई निवासबाट निस्कन प्रतिबन्ध लगाइएको भन्दै ती युवतीले सञ्चार माध्यममा बोलेकी थिइन् । सो सम्बन्धमा आज न्युज एजेन्सी नेपालले विज्ञप्ति प्रकाशित गर्दै आफ्नो तहकिकातमा ती युवती चोलेन्द्रको छोरी नभएको र सुनिधि नामको चोलेन्द्रको कुनै छोरी नभएको दाबी गरिएको छ । विज्ञप्तिमा चोलेन्द्रले बुझाएको सम्पत्ति विवरणमा परिवारको सदस्यमा सुनिधि नामको कुनै सदस्य नरहेको पाईएको जनाइएको छ ।

चोलेन्द्रले आफ्नो छोरी भनेर प्रयोग गरेकी सुनिधी राणा नभएर दैलेखकि मिना जैसी भएको अधिवक्ता शालिकराम सापकोटाले बताए । सापकोटाले ती युवतीलाई प्रधानन्यायाधीशको निवासमा राखेर प्रयोग गरिएको पनि बताए।

अधिवक्ता सापकोटाले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै लेखेका छन्, -‘नेपालको कानुन बमोजिम यो कुन अपराध हो सरकार रुरुछिट्टै सार्वजनिक गरियोस र न्यायको हिसाबले दैलेखकि छोरी मिना जैसीको उद्दार गरि सार्वजनिक गर्न नेपाल सरकार सङ्ग अपिल गर्दछु।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : ०७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना