४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवलपुरमा पोल्ट्रीजन्य सामग्री उत्पादन गर्ने उद्योग स्थापना


४ आश्विन २०७९, मंगलबार  

221
Shares

नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको रु आठ करोडको लागतमा उद्योग स्थापना गरिएको हो ।

पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सङ्गम घिमिरेले जानकारी दिए । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उन ले बताए । कम्पनीले पोल्ट्री फार्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ ।

“पोल्ट्री फार्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौँ”, उनले भने, “यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौँ ।” कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स ९केजहरू ठूला, मिडियम र साना आकारमा० उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिए ।

कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उनले दाबी गरे । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उनले बताए ।

नेपालमा स्थापना भएका पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामान भारत र चीनबाट आयात हुने गरेकामा अब भने स्थानीय उत्पादन प्रयोग गर्न पाइएको वितरक शिव पौडेलले जानकारी दिए । “नेपालमा पहिले केही प्लाष्टिक कम्पनीहरूले एउटा–एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाउँमा उत्पादन सुरु गरेपछि हामी वितरकहरूलाई समेत सहज भएको छ”, उनले भने, “पोल्ट्री उद्योगसँग सम्बन्धित सानादेखि ठूला सबै सामान यही उत्पादन सुरु भएकाले अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ ।”

कम्पनीले उत्पादन गरेका सामान आफूहरूले देशका विभिन्न सहरमा पठाइरहेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा रु २०–२५ सस्तो पर्ने गरेको जनाइएको छ । “यहाँका सामान प्रयोग गर्दा साना–साना सामान हराउने, फुट्ने समस्या भएको छैन”, उनले भने, “बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पूरै फिडर फेर्नुपर्छ । तर कम्पास एग्रोले सबै फेर्न मिल्ने सामान उपलब्ध गराएको कारण यसले डिलरहरू र ग्राहक दुवैलाई सजिलो भएको हामीले पाएका छौँ ।”

कम्पासका सबै उत्पादन गुणस्तरीय भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दाबी गरे । “हाम्रो कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक-फरक मूल्य तोकिएको छ”, उनले भने, “थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ ।” कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने नै आफूहरूको प्रमुख उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको