२० बैशाख २०८३, आइतबार | May 4, 2026

नेपालसँग रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने चिनियाँ राष्ट्रपति सीको चाहना



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् ।

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।

‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ,’ राष्ट्रपति सीले शुभकामना सन्देशमा भनेका छन् ।

सन्देशमा चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको जनाउँदै उनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि नेपाल र चीनले सँधै एक–अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्दै आएको बताएका छन् ।

‘बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरिय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ,’ राष्ट्रपति सीले भनेका छन्, ‘यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’

नेपालको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री नारायण खड्कालाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रुपमा अघि बढिरहेको छ,’ चिनियाँ प्रधानमन्त्री लीले भनेका छन् ।

दुई देशको विकास रणनीतिलाई गहन रुपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश र जनताको अझ बढी हित गर्दै जाने आफ्नो इच्छा रहेको लीले बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले दुई देशका महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने र चीन–नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रुपमा अगाडि बढाउने बताएका छन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : २५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता